काठमाडौं । प्रोटोन ई।मास ५ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवाड्र्स २०२६’ मा दुई प्रतिष्ठित अवार्ड जितेको छ। यससँगै प्रोटोन ई।मास ५ ले आफ्नो विद्युतीय सवारी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
उक्त सवारीले ‘उत्कृष्ट सब–कम्प्याक्ट ह्याचब्याक–पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार–एडिटर्स च्वाइस’ विधामा अवार्ड जितेको हो । यस उपलब्धिले उपभोक्ता तथा अटोमोबाइल क्षेत्रका विज्ञमाझ प्रोटोन ई.मास ५ को बढ्दो लोकप्रियता र आकर्षणलाई थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।
यी दुई अवार्डले मलेसियाको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा प्रोटोन ई।मास ५ ले प्राप्त गरिरहेको विश्वास र स्वीकार्यतालाई प्रतिबिम्बित गर्छन् । पिपुल्स च्वाइस अवार्डले उपभोक्ताको रोजाइ र विश्वासलाई सम्मान गरेको छ भने एडिटर्स च्वाइस अवार्डले अटोमोबाइल क्षेत्रका विज्ञको मूल्याङ्कनका आधारमा यसको समग्र गुणस्तर, उपयोगिता र मूल्यलाई मान्यता दिएको छ ।
यो उपलब्धिले आधुनिक डिजाइन, उन्नत प्रविधि, स्मार्ट कनेक्टिभिटी र दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधासहित विद्युतीय सवारीलाई थप सहज र पहुँचयोग्य बनाउने प्रोटोनको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।
नेपालमा पनि विद्युतीय सवारीको बजार विस्तार हुँदै गएको र उपभोक्ताले प्रविधिमैत्री, व्यावहारिक तथा उचित मूल्यका सवारीसाधनलाई प्राथमिकता दिन थालेको सन्दर्भमा यो अन्तर्राष्ट्रिय उपलब्धि महत्वपूर्ण मानिएको छ ।



यसले नेपाली अटोमोबाइल बजारमा प्रवेश गरिरहेको प्रोटोन ई।मास ५ को विश्वसनीयता र बजार आकर्षणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

नेपालमा प्रोटोनका सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि नेपाली ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाएका सवारीसाधन तथा नवीनतम मोबिलिटी समाधान उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ ।

प्रोटोन मलेसियासँगको सहकार्यमा कम्पनीले बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई भरपर्दो र सहज सवारी स्वामित्वको अनुभव प्रदान गर्ने लक्ष्यसहित नेपालमा प्रोटोनको उपस्थिति थप सुदृढ बनाउँदै आएको छ ।
प्रोटोन ई।मास ७ को सफल परिचयपछि ई।मास ५ को आगमन नेपालमा कम्पनीको विद्युतीय मोबिलिटी विस्तारको अर्को महत्वपूर्ण कदम हो। विद्युतीय सवारीको प्रयोगप्रति जनचेतना र उपभोक्ताको विश्वास अभिवृद्धि गर्दै विश्वस्तरीय अटोमोबाइल प्रविधिलाई नेपाली उपभोक्तामाझ अझ नजिक पुर्याउने लक्ष्य जगदम्बा मोटर्सले राखेको छ ।