काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार शितलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त चार न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले शुक्रबार नै सर्वोच्च अदालतको न्यायाधीश पदमा चारजनालाई नियुक्त गरेका थिए । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
