काठमाडौं । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको `ब्रेक थ्रु´ भएको छ ।
सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको हो । यसका लागि राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान महादेवटार पुगेका हुन् ।
मकवानपुरको भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ ।
तराई/मधेश द्रुतमार्गमा निर्माणाधीन ७ वटा सुरुङमध्ये सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङ महादेवटार सुरुङ हो । यसको लम्बाई ३.४४५ किमि रहेको छ ।