काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। नगद लाभांश भने बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि वितरण गर्न लागिएको संस्थाले जनाएको छ।
संस्थाको हाल कायम चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार १०० रुपैयाँ रहेको छ। यस आधारमा शेयरधनीले पाउने प्रस्तावित बोनस शेयरको कुल रकम २ करोड ९ लाख ७८ हजार ९४९ रुपैयाँ ७५ पैसा हुनेछ ।
त्यस्तै, कर प्रयोजनका लागि वितरण गरिने नगद लाभांशको रकम ११ लाख ४ हजार १५५ रुपैयाँ २५ पैसा रहेको छ। यसरी संस्थाले कुल २ करोड २० लाख ८३ हजार १०५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।