काठमाडौं । लिड्स युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीमाथि शानदार जित हासिल गरेको छ ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराती सम्पन्न खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीले खेलको २५औं मिनेटमा इमानुएल एमेघाको गोलमा शुरुवाती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । १-० ले पछि परेको लिड्सले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो ।
लिड्सको जितमा नोआह ओकाफोरले २ गोल गरे भने डोमिनिक कलभर्ट लेविन र ब्रेण्डेन एरोनसनले एक गोल गरेका थिए ।
यो जितपछि लिड्स युनाइटेडको ११ खेलमा १७ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ११ खेलमा १६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।
