काठमाडौं । आईजीपीमा पुनर्बहाली माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सोमबारको सुनुवाइ नै स्थगित भएको छ ।
हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको रिटको सुनुवाइ नै स्थगित भएको हो ।
प्रहरी महानिरीक्षकलाई म्याद बुझाउन बाँकी रहेकोले आजको सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाइको मिति तोकिएको छैन ।
