काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्रीसमेत रहेकी प्रतिनिधि सभा सांसद निशा डाँगी र संस्थापक महामन्त्री डा.मुकुल ढकालले वैवाहिक बन्धनमा बाँधिएका छन्।
उनीहरूले आज विवाह गरेका हुन्। मुकुल ढकाल आफ्नो विराटनगरबाट निशाको घर झापासम्म जन्ती लिएर गएका हुन्।
मुकुल र निशा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाह समारोहमा रास्वपाका नेताहरू पनि सहभागी भएका छन्।