काठमाडौं, असोज ६ – सुनको मूल्य मंगलबार तोलामै १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबारकालागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चँँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको व्यासायीहरुले बताएका छन् ।
FACEBOOK COMMENTS