काठमाडौँ — सरकारले चिनीको आयतमा बन्देज लगाए पछि महङ्गीएको चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ ।
चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
अधिकतम खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँभन्दा नबढ्ने गरी बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय भएको आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
FACEBOOK COMMENTS