काठमाडौं, असोज १८ – अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता सम्पन्न भएको छ । उत्तर अफ्रिकी मुलुक मोरक्कोको दुई दिने भ्रमणमा पुगेका अमेरिकी रक्षामन्त्री रक्षामन्त्री मार्क एस्परले सैन्य सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस्तै ट्युनिसियासँग पनि अमेरिकाले यस्तै सैन्य सम्झौता गरेको छ ।
२००६ यता पहिलो पटक अमेरिकी उच्च अधिकारीले अल्जेरियाको भ्रमणमा गएका हुन् । यसवाहेक अल्जेरियासँग सैन्य समझदारीका लागि अमेरिकी रक्षामन्त्री एस्परले प्रस्ताव राखेका थिए ।
अमेरिका मोरक्कोका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता देश हो । मोरक्कोले हरेक वर्ष अमेरिकी सैन्य अभ्यास पनि गराउँदैआएको छ ।
FACEBOOK COMMENTS