काठमाडौं, असोज २१ – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ग्लोबल फाइनान्स, न्युयोर्कद्वारा ‘बेस्ट कन्जुमर डिजिटल बैंक इन नेपाल २०२०’ अवार्डबाट पुरस्कृत भएको छ । बैंकले उक्त पुरस्कार एसिया प्यासिफिक समूहअन्तर्गत प्राप्त गरेको हो ।
बैंकले यो पुरस्कारबाट लगातार छैटौँपटक पुरस्कृत हुन सफल भएको जनाएको छ । यो अवार्ड डिजिटल ग्राहकहरूलाई प्रदान गर्ने सेवा र आकर्षित गर्न अपनाएको रणनीतिक शक्ति, डिजिटल सेवाहरू प्रयोग गर्नमा ग्राहकहरूमा पाएको सफलताजस्ता कारणले प्राप्त गरेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS