काठमाडौं, असोज ३० – नगदरहित रुपमा दसैं मनाउन र डिजिटल भुक्तानीका माध्यमहरुलाई प्रोत्साहन गर्न एनसीएचएलले ‘मनाऔँ दसैं १५ दिनै कनेक्ट आईपीएस सँगै’ भन्ने योजना ल्याएको छ । यसअन्तर्गत बैंकका ग्राहकले कात्तिक १ देखि १५ गतेसम्म कनेक्ट आईपीएस मार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाउन सक्ने व्यवस्था गरेको छ । जसअन्तर्गत हरेक दिन १० भाग्यशाली विजेताले एक हजारको गिफ्ट भौचार प्राप्त गर्न सक्ने जनाइएको छ ।
कनेक्ट आईपीएसमा रजिस्ट्रर गरेका बैंकका ग्राहकले मोबाइल एप्समा रहेको ‘ट्रान्सफर डिजिटल दसैं’ मा क्लिक गरी डिजिटल दक्षिणा पठाउन सक्नेछन् । यसरी दक्षिणा पठाउने ग्राहकमध्ये छानिएका १० जनालाई दैनिक विजेता घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने जनाइएको छ ।
FACEBOOK COMMENTS