काठमाडौं, कात्तिक ४ – हिरो मोटोकर्पले भारतमा आफ्नो चर्चित मोटरसाइकल ‘स्प्लेन्टर प्लस’को एक्सेन्ट एडिसन सार्वजनिक गरेको छ। ९७.२ सिसी इन्जिन, सिङ्गल सिलिन्डर, एयर कुल्ड इन्जिन रहेको यो मोटरसाइकलले ८ हजार आरपिएममा ७.८ बिएचपी पावर र ६ हजार आरपिएममा ८.०५ एनएम टर्क जेनेरेट गर्छ।
यो ३ वटा रङ्ग र ३ वटा भेरिएन्टमा उपलब्ध हुने नवभारत टाइम्सले जनाएको छ।
कम्पनीले यसको मूल्य किक स्टार्ट भेरियन्टको ६० हजार ५ सय, सेल्फ स्टार्ट भेरियन्टको ६२ हजार २ सय र सेल्फ स्टार्ट आई ३ एस भेरिएन्टको ६४ हजार १० भारतीय रुपैयाँ निर्धारण गरेको छ।
FACEBOOK COMMENTS