जनता बैंक नेपाल लिमिटेडले छिमेकी मुलुक भारतबाट पनि रेमिट्यान्स सेवा संचालनमा ल्याएको छ ।
‘‘जनता रेमिट’’मार्फत आन्तरिक तथा अन्तराष्ट्रिय रेमिट्यान्स सेवा पु¥याउदै आएकोमा अब देखि भारतमा रहेका ग्राहकहरुले समेत सहजै जनता रेमिटबाट रेमिट्यान्स सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।
एक्सिस बैंक, भारत र जनता बैंक नेपाल लिमिटेडबिचहालै भएको संझौताअनुसार अबभारतमा रहेका नेपालीहरुले जनता रेमिट मार्फत सुलभ रुपमाआफ्नो कमाई आफ्नो आफन्तलाई अथवा सिधै जनता बैंकमा रहेको खातामा पठाउन सक्नेछन् ।
रेमिट्यान्स कारोवारको लागि एक्सिस बैंकको भारत भरी रहेका ३५०० शाखाहरुमार्फत जनता रेमिटमा पैसा पठाउन सकिने बैंकले बताएको छ ।
एक्सिस बैंकबाटजनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेकाजनता बैंकको १२६ शाखाको अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानीलिन सकिनेछ ।
जनता रेमिट सेवा निकट भविष्यमै मलेशिया, कुवेत, कतार, ओमान र यूएई बाट समेत सुरु हुने बैंकले बताएको छ ।
FACEBOOK COMMENTS