काठमाडौं, कात्तिक १६ – अपि पावर कम्पनीले दुइ आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को खुद मुनाफाबाट सो बोनस दिन लागेको हो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मूनाफाबाट ५ प्रतिशत र आर्थिक वर्ष २०७६/७७ को मूनाफाबाट ९ प्रतिशत गरि कूल १४ प्रतिशत बोनस दिने जनाएको छ । कोभिडका कारण कम्पनीको आर्थिक वर्ष २०७५/७६ को साधारण सभा बस्न सकेको थिएन ।
कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकसाथ मंसिर ८ गते गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को सभा एकैपटक गर्न लागेको हो ।
आर्थिक वर्ष २०७५/७६ को नाफाबाट वितरण गर्ने ५ प्रतिशत बोनस सेयरमा भने कम्पनीले गत वर्ष चैत १ गते बुक क्लोज गरिसकेको छ । यसकारण फागुन ३० गतेसम्म कायम सेयरधनीले मात्र यो बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले ८.५ मेगावाट र ८ मेगावाटका दूई आयोजनाहरु संचालन गरिरहेको छ ।
FACEBOOK COMMENTS