काठमाडौं, २३ कार्तिक- चन्द्र ढकालले शेखर गोल्छाको सातो लिएको बुझिएको छ ।शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष हुन भने चन्द्र ढकाल महासंघका उपाध्यक्ष हुन । गोल्छा महासंघमा स्वत: अध्यक्ष बन्ने लाईनमा छन् । यस अर्थ उनी महासंघका इलेक्टेड प्रेसिडेण्ट हुन । गोल्छाले आसन्न साधारण सभा लगत्तै महासंघको नेतृत्व सम्हाल्ने छन्। यता चन्द्र ढकालले महासंघको आसन्न निर्वाचनका लागि वरिस्ठ उपाध्यक्ष तर्फ उम्मेदवारी दिएका छन्। अर्थात उनी पुन महासंघमा एक तह माथि उक्लदै करिब साढे दुई बर्ष सेकेण्ड मेन र त्यस पस्चात स्वत फर्स्ट मेन बन्ने दौडमा छन् । विगतमा महासंघ भित्र उनको यात्रालाई हेर्ने हो भने उनी अपराजयी रहदै आएका छन् । अर्थात उनले जित सुनिस्चित गर्दै आएका छन्। हरेक निर्वाचनमा उनको पल्ला भारी हुँदै आएको देखिन्छ ।
शेखरलाई चन्द्रको स्टारडमको डर
मिजासपूर्ण स्वभाव, नविनतम सोच एवम् उर्जाशिल व्यक्तित्वको छवि साथै छोटो समयमा व्यवसायिक सफलता प्राप्ती चन्द्र ढकालको सबल पक्ष हुन । शायदै आफ्नै बलबुतामा देशकै अब्बल र लोकप्रिय व्यवसायिक ब्राण्ड स्थापित गर्ने उपलब्धी हासिल गरेकै कारणले हुन सक्छ उनको स्टारडम निकै उचो छ । यस दृष्टिबाट नेपालको उद्योग व्यापारको क्षेत्रमा उनको तुलना अन्य व्यवसायीहरुसँग विरलै हुने गर्छ, नगण्य बराबर । जसको सोझो अर्थ हो, चन्द्र ढकालले आफनै श्रम, शिप, पुँजीको बलमा विशाल अर्थात काय व्यवसायिक साम्राज्य खडा गरेर देखाउदै तमाम व्यवसायीलाई ‘सपना पुरा गर्न सकिन्छ ’ भन्ने उदाहरण पेश गरेका छन् । जसको बलमा आफुलाई व्यवसायिक अझ भनौ निजी क्षेत्रको रोल मोडलको रुपमा आफुलाई स्थापित गरेका छन् ।
यता पैतृक विरासतको बिडो थाम्दै स्थापित ब्राण्डमा हक जमाउदै आएका गोल्छा ढकालका तुलनामा कम लोकप्रिय मानिन्छन् । उनले आफ्नो नेतृत्वमा खासै महत्वपूर्ण ब्राण्ड स्थापित गर्न भ्याएका छैनन् । गत निर्वाचनमा चण्डिराज ढकाल, पशुपती मुरारका लगायतको फेरो समातेर वरिस्ठ उपाध्यक्ष बनेका गोल्छा आफनै हर्कत बर्कतका कारण बीचमै करिब करिब चिप्लि सकेका थिए ।यदपी चन्द्र ढकालकै जोडबलमा उनी वरिस्ठ उपाध्यक्षबाट स्वत: अध्यक्ष बन्ने बाटोमा छेकबार लाग्न पाएन । अन्यथा वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने प्रावधान करिब करिब खारेजी गर्ने तयारीमा चण्डि ढकाल समर्थित बहुमत सदस्यहरु थिए । यद्यपी चन्द्र ढकालले चण्डिराजलाई मनाउन अहम् भुमिका खेलेका थिए । महासंघमा फाटो आउन नदिन उनले पुर्ववत निर्णयलाई शिरोपर गर्दै अघि बढनुको विकल्प नरहेको भन्दै अन्य सदस्यहरुलाई सुझाएका थिए । जसका कारण धरापमा परेको गोल्छाको अध्यक्ष पद रिस्क जोनबाट सेफ जोनतर्फ धकेलिएको थियो । हुन त चन्द्रको एकल प्रयास मात्र काफी नहुन सक्थ्यो तर पनि उनको बोलीको ओजनका कारण नचाहदा नचाहदै पनि चण्डि ढकाल उक्त अडानबाट व्याक भएका थिए । अर्थात विधान संशोधन गरि वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न नपाउने प्रावधान खारेज भएको थियो । अनि न जोगिएको थियो गोल्छाको अध्यक्ष बन्ने मार्ग ।
बैगुनी गोल्छा
हाल तिनै चन्द्र ढकाल महासंघको वरिस्ठ उपाध्यक्ष बन्ने दौडमा छन् । उम्मेदवारी दर्ता समेत गरिसकेका छन् । यता गोल्छा भने चन्द्रसँग प्रतिस्पर्धामा उत्रेको विपक्षी टोलीको मुखिया बनेर बैगुनी व्यवहार देखाएका छन् । अर्का वरिस्ठ उपाध्यक्ष पदका प्रत्याशी किशोर प्रधान र समुहका सदस्यसँग लहरमा बसी शेखरले फोटो खिचाउन भ्याएका मात्रै छैनन् प्रचार पनि गरेका छन् । चन्द्रको विपक्षमा टोली खडा गरेका शेखर गोल्छा सो समुहको बागडोर सम्हाल्ने दाउमा रहेको बुझिएको छ । त्यसो त शेखरले चन्द्रका इतर पक्षका उम्मेदवारहरु छनौट प्रकृयामा प्रमुख खेलाडीको भुमिका निभाउने, उनीहरुको लागि भोट माग्ने गरेका छन् । उक्त समुहलाई प्रत्यक्ष समर्थन गर्दै आएका शेखरको गतिविधि हेर्दा उनी भावी अध्यक्ष बन्न नालायक रहेको स्पस्ट देखिन्छ ।
गोल्छाको कदम विधानको मर्म र भावना विपरित
महासंघको विधानले स्वत: अध्यक्ष बन्ने मानिस तटस्थ बस्नुपर्ने
किटान गरेको छ । यद्यपी शेखर गोल्छा विधान विपरित हिडेका छन् । महासंघ हाक्ने निश्चित भएको मानिस स्वार्थ समुह खडा गरि विवादमा मुछिनु निकै अशोभनिय कार्य हो । मुलुकको निजी क्षेत्रलाई एक ढिक्का बनाउन लागि पर्नुपर्ने तहको मानिसले आफुलाई निस्चित घेरा भित्र सिमित राख्दै टुक्रे समुहको नेता बन्न खोज्नु आँफैमा हास्यादपद र उदेक लाग्दो छ । यसरी आफनो पद र प्रतिस्ठाको धज्जी उठाउदै विधानको मर्म र भावना विपरित गएका शेखर गोल्छालाई इतर समुहबाट निर्वाचित भएर आउने सदस्यहरुले कस्तो व्यवहार देखाउने हुन भविस्यले नै देखाउने छ ।
यसरी लिए सातो
शेखरले किशोर प्रधान समुहको पक्षमा खुले आम भोट माग्न थाले पछि चन्द्र ढकालले शेखरलाई संपर्क गरेर त्यसो नगर्न चेतावनी दिएको बुझिएको छ । यदि शेखरले तटस्थ भूमिका निर्वाह नगर्ने हो भने नियम विपरित हुन जाने भन्दै उनले शेखरलाई लर्कारेको बुझिएको हो । हाल देशव्यापी चुनावी प्रचारका क्रममा जिल्ला दौडाहामा रहेका चन्द्रले शेखरको गतिविधि नेता बन्न लायकको नभएको बताउदै आएका छन् ।
FACEBOOK COMMENTS