काठमाण्डौँ — सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यलाई शुक्रवार मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय कार्यक्रम संयोजक नियुक्त गरेको हो।
पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार यो अभियानलाई प्रभावकारी बनाउने आवश्यक कार्यक्रमहरु सञ्चालनको संयोजन, समन्वय तथा सञ्चालनका लागि वैद्यलाई अभियानको कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा तीन वर्षका लागि नियुक्त गरिएको हो।
— नागरीक
FACEBOOK COMMENTS