काठमाण्डौँ — सरकारले पूर्वमा भन्सार नाका थप्ने तयारी गरेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले भन्सार नाका थप गर्न भारत सरकारसँग छलफल भइरहेको बताए ।
मोरङ व्यापार संघ विराटनगरको साधारणसभामा बोल्दै विराटनगर र जोगबनी नाकाको जामको विकल्पमा रंगेली र सुनसरीलगायत क्षेत्रमा नाका विस्तार गर्न छलफल भइरहेको बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय व्यापार सहजताका लागि भन्सार नाका थप्नुको विकल्प नभएको जनाएका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS