काठमाडौँ, कात्तिक २८ – लामो रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवाल बैठक शुक्रबार दिउँसो चार बजे बस्दैछ।
आफू अल्पमतमा परेपछि असन्तुष्ट समूहको अनुरोध अनुसार करिव एक महिनादेखि बैठक राख्न नमानेका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार मात्रै बैठक राख्न सहमत भएका थिए।
आफूबाट अलग्गिएर असन्तुष्ट समूहसँग मिसिन गएका वामदेव गौतमलाई सांसद र मन्त्रीमा कायमै रहने ‘अन्तरिम रोक’ खारेज गरेको भोलिपल्ट ओली बैठक राख्न सहमत भएका थिए।
ओलीले यो बीचमा गौतमलाई सरकारमा सामेल हुनका लागि आग्रह गरिसकेका छन्।
पत्रमा,पार्टीमा विवाद उत्पन्न हुनुको मुख्य दोषी ओली नै भएको उल्लेख थियो। तर ओलीले आफूविरुद्ध गुटबन्दी गरेर घेराबन्दी गरेको आरोपसहित असन्तुष्ट पक्षलाई लिखित नै जवाफ दिएका छन्।
FACEBOOK COMMENTS