काठमाडौं, ०३ मंसिर – मेगा बैंक नेपाल लिमिटेडको अवितरित हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मेगाको १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर बुधवार नेप्सेमा सूचीकृत भएको हो । मेगाले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
तीन वर्षअघि ६५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर मेगाले असोज ११ गतेदेखि १८ गतेसम्म लिलामीमा विक्री गरी कात्तिक ५ गते बाँडफाँट गरेको थियो । बिहीवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS