काठमाडौं, १० मंसिर – वालिकाको बलात्कारपछि हत्या गरिएको विरोधमा भएको प्रर्दशनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
बर्दिबासका सन्जय न्यौपानेको उपचारको क्रममा काठमाडाैंको ग्राण्डी अस्पतालमा आज मृत्यु भएको हो । तिघ्रामा गम्भीर चोट लागेका न्यौपानेलाई बर्दिबासका अस्पतालमा उपचार हुन नसकेपछि तत्काल काठमाडाैंबाट हेलिकप्टर बोलाएर उद्दार गरिएको थियो ।
तिघ्रामा गोली लागेपछि उच्च रक्तस्राव भएको र समयमा नै रगत दिन नसकिएकोले उनको मृत्यु भएको अस्पतालले जनाएको छ । हिजो आक्रामक भिडलाइ नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा न्यौपानेसहित ३ जना घाइते भएका थिए । अन्य २ जना घाइते श्याम कार्की र अफताव आलमको बर्दिबास कै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS