काठमाण्डौँ – पर्यटकीय क्षेत्र नगरकोटमा भ्यु–टावर निर्माणको प्रारम्भिक सर्भेका लागि चाँगुनारायण नगरपालिका र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ ।
चाँगुनारायण नगरपालिकाले नगरकोटमा साततले अत्याधुनिक भ्यु–टावर निर्माणका लागि चिनियाँ कम्पनी एजिलिटी इन्टरनेसनल होल्डिङ लिमिटेडसँग सम्झौता (९एमओयू) भएको जनाएको छ ।
भ्यु–टावर निर्माणका लागि आवश्यक आर्थिक, सामाजिक र वातावरणीय अवस्थासम्बन्धी अध्ययन गर्न नगरपालिकाले गत साता सम्झौता गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।
भ्यु–टावर निर्माण गर्ने स्थानको भूबनोट अवस्था, प्राकृतिक स्वरूप, ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका विषयमा सर्वेक्षण गरिने सम्झौतामा उल्लेख छ ।
नगरपालिकाले चाँगुनारायण–६ नगरकोटको २० रोपनी क्षेत्रफलमा करिब २ अर्ब रुपैयाँको लागतमा टावर निर्माण गर्ने योजना बनाएको छ ।
FACEBOOK COMMENTS