काठमाडौं, मंसिर १२ – दुर्गमको उत्तरी सीमावर्ती उपल्लो मुस्ताङमा गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश कार्यक्रम अन्र्तगत सौर्य-उर्जा सोलार प्यानल वितरण जडानकार्य अघि बढाएको छ । गण्डकी प्रदेश सरकारको ७५ विशेष अनुदान र स्थानीयको २५ प्रतिशत लगानी रहने गरी उपल्लो मुस्ताङको स्थानीय तहमा सोलार प्यानल वितरण गरेको हो ।
गण्डकी प्रदेश सरकारले राष्ट्रिय प्रशारण लाइनको पहुँच नपुगेका स्थानमा गत आवमै सौर्य/उर्जा सोलार प्यानल वितरणका लागि आवश्यक बजेट बिनियोजन गरेता पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित लकडाउनले प्रभावित बनेको थियो ।
गण्डकी प्रदेशले सौर्य उर्जा बितरण गर्ने योजनालाई मूर्तरुप दिन चालु आवमा पनि कार्यक्रम समावेश गरेकाले उपल्लो मुस्ताङका घरघरमा सोलार प्यानल वितरण तथा जडान कार्यले पूर्णता पाएको हो ।
गण्डकी प्रदेश सरकारले मुस्ताङमा राष्ट्रिय प्रशारण लाइन नजोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न वडामा सोलार प्यानल वितरण तथा जडानका लागि श्री रोशनी इन्टिच्युट कम्पनीलाई जिम्मा दिएकाले आफुहरु फिल्डमा आएको कम्पनीका प्राविधिक कमानसिंह गुरुङले जानकारी दिए ।
FACEBOOK COMMENTS