काठमाडाैं, मंसिर २५ – सरकारले सहसचिव मणिराम गेलालाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
यस्तै सहसचिव दिनेशकुमार घिमिरेलाई चीनको छेन्दुस्थित महावाणिज्यदूत बनाएर पठाउने निर्णय गरेको छ ।
आजै बसेको बैठकले डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
FACEBOOK COMMENTS