काठमाण्डौँ — निजी क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा लगानी बढाउने भएको छ ।
मुलुकको दिगो आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यले आगामी तीनदेखि पाँच वर्षमा लगानी ‘पोर्टफोलियो’ बढाएर करिब ८० करोड अमेरिकी डलर (८० अर्ब रुपैयाँ) पुर्याउने आईएफसीले जनाएको छ ।
शुक्रबार ‘नेपाल कन्ट्री प्राइभेट सेक्टर डाइगोनोस्टिक’ विषयक विश्व बैंक समूहको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा आईएफसीकी नेपाल, भुटान र भारतका लागि निर्देशक वेन्डी वेर्नरले यस्तो बताएकी हुन् ।
हाल नेपालमा विभिन्न क्षेत्रमा आईएफसीले करिब ५ करोड ६० लाख अमेरिकी डलर ( ५ अर्ब ६० करोड रुपैयाँ) लगानी गरेको छ ।
नेपालमा स्थिर सरकार बनेसँगै आर्थिक मुद्दाले प्राथमिकता पाउन लागेको जनाउँदै वेर्नरले भनिन्, ‘मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS