काठमाडौं, पुस १ – भारतीय प्रधानमन्त्ती नरेन्द्र मोदीले ज्येष्ठ नागरिकका लागि हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषण गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ६० वर्षभन्दा माथि जो कोही पनि ज्येष्ठ नागरिकलाई एयर इण्डियाको फ्लाइटमा आधा छुट दिने घोषणा गरेका हुन् ।
भारती विमानन मन्त्रालयले बुधबार एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएका हुन् । एयर इन्डियाको वेबसाइडमा पनि पूरै जानकारी दिइएको छ । जसका अनुसार छुट पाउनका लागि यस्ता नियम लागू हुनेछन् ।
१. भारतीय नागरिकता प्राप्त, भारतमा स्थायी बसाोबास गर्ने ज्येष्ठ नागरिक जो तीर्थका लागि जानेवाला हुन्छन् ।
२. इकोनोमी क्याबिनामा छनोट गरिएको बुकिङ श्रेणीको मूल भाडाको ५० प्रतिशत
३. भारतमा कुनै पनि क्षेत्रको यात्रामा लागू हुने
४. टिकट जारी गर्नका लागि तोकिएको मितिभन्दा एक वर्षसम्म लागू हुनेछ ।
५. सात दिनअघि टिकट बुकिङ गर्नुपर्ने ।
FACEBOOK COMMENTS