काठमाण्डौं — संसदको अर्थ समितिले माथिल्लो मस्र्याङदी–२ को शेयर बिक्री सम्बन्धमा नेपाल राष्ट्र बैङ्क, अर्थ मन्त्रालय र लगानी बोर्डका पदाधिकारीसँगको छलफलपछि छानबिनका लागि उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) ले शेयर स्वामित्व बुटवल पावर कम्पनीको संयोजनमा एक चिनियाँ कम्पनीलाई बिक्री गरेको सन्दर्भमा अर्थ समिति उपसमिति गठन गरेरै छानबिन गर्ने टुङ्गोमा पुगेको हो ।
जलविद्युत् आयोजनाको प्रवद्र्धनका लागि अनुमति लिने, आयोजना अगाडि नबढाई शेयर किनबेच गरी प्राकृतिक स्रोतको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको भन्दै समितिले यस्ता राष्ट्रिय हित विपरीतका गतिविधिलाई रोक्न कानूनी र नीतिगत सुधारको पाटोलाई अघि बढाउने निष्कर्ष पनि निकालेको छ ।
पूर्व अर्थमन्त्री एवं समितिका सदस्य विष्णुप्रसाद पौडेलले ‘मस्र्याङदी २ को शेयर बिक्री विषयमा उपसमिति बनाएर यथेष्ट छलफलका आधारमा निर्णयमा पुग्नु बुद्धिमानी हुने बताए ।
— नागरीक
FACEBOOK COMMENTS