काठमाडौं, पुस २१ – परिवार नियोजन तथा गर्भपतन सेवाबारे बुझ्न अब कुनै अस्पताल वा संस्था धाउनुपर्ने छैन ।
सुनौलो परिवार नेपाल मेरी स्टोप्स नेपालले नि:शुल्क हेल्पलाइन नम्बरमार्फत सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाबारे जानकारी तथा परामर्श दिने भएको छ ।
मेरी स्टोप्सको हेल्पलाइन नम्बर ११४३ मा फोन गर्दा हाम्रो साथी कार्यक्रमका परामर्शदाताहरुले सूचना तथा परामर्श दिनेछन् । हाम्रो साथी सेवा बिहान हरेक दिन ७ देखि राति १२ बजेसम्म उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS