काठमाडौं, पुस २७ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) झिनो अंकले बढेको छ । आइतबार दोहोरो अंकले बढेको नेप्से आज झिनो अंकले बढेको हो ।
आज नेप्से ३.७० अंकले बढेर दुई हजार दुई सय ३९ दशमलब ४२ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् ।
FACEBOOK COMMENTS