काठमाडौं, माघ ५ – दुर्घटना न्यूनिकरणको लागि लुम्बिनी प्रदेशमा टिपरलाई टाईमकार्ड लागू गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले पाल्पादेखि नवलपरासीसम्म चल्ने टिपरलाई सोमबार (आज) देखि टाईमकार्ड लागू गरेको हो ।
तिव्र गतिमा सवारी चलाएका कारण दूर्घटना बढेको भन्दै न्यूनिकरणको लागि टाईम कार्ड लागू गर्र्नुपरेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताए । टाइम कार्ड लागू भएपछि पाल्पाको दोभानदेखि बुटवल धागो कारखाना रामनगरसम्मको ११ किलोमिटर दुरीमा प्रति घण्टा २० किलोमिटरको गतिमा ३३ मिनेटको समयमा पुग्नुपर्ने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।
ट्राफिक व्यवस्थापन तथा दूर्घटना न्यूनिकरणका लागि बुटवल–भैरहवा सडकमा सवारीका साधनहरुले लेनको प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने प्रहरी नायव उपरीक्षक विकले जानकारी दिए ।
FACEBOOK COMMENTS