काठमाडौं, माघ ९ – चीनले सार्वजनिक गरेको नयाँ ‘हाइ स्पीड’ ड्युन रेलको ‘प्रोटोटाइप’ सार्वजनिक गरेको छ । जुन प्रतिघण्टा ६२० किलोमिटरको गतिमा गुड्ने बताइएको छ ।
यो रेल हाइ–टेम्परेचर सुपरकन्डक्टिङ (एचटीएस) पावरबाट सञ्चालन हुने हुँदा चुम्बकीय ट्रयाकमा चलेजस्तो देखिनेछ । २१ मिटर लम्बाइको सो प्रोटोटाइप सिचुआनस्थित छेङ्दु प्रान्तमा मिडियासामु सार्वजानिक गरिएको हो ।
‘सिन्ह्वा’का अनुसार युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यसका लागि १६५ मिटरको ट्रयाक पनि निर्माण गरेका छन् । जसले रेल ट्रान्जिटमा कस्तो देखिनेछ र कस्तो महसुस हुनेछ भनेर प्रस्तुत गर्ने बताइएको छ ।
प्रोटोटाइपमा काम गरेका ‘साउथवेस्ट जिआतोङ युनिभर्सिटी’का उपाध्यक्ष प्रोफेसर हे चुआनले रिपोर्टरहरुसँग बताएअनुसार यो रेल तीनदेखि १० वर्षभित्रमा सञ्चालनमा आइसक्ने छ । उनले भने, “सिचुआन दुर्लभ धातुयुक्त स्रोत–साधनहरुमा एकदमै धनी छ, जुन चुम्बकीय ट्रयाकको निर्माणमा अधिक लाभदायी साबित हुन सक्छ र यसले तीव्रताका साथ अघि बढाइएका विकासमुखी अनुसन्धानहरुको समेत प्रचार गर्नेछ ।”
अहिले नै चीनसँग विश्वको सबैभन्दा ठूलो ‘हाइ स्पीड’ रेल नेटवर्क रहेको छ, जुन ३७ हजार किलोमिटरसम्म फैलिएको छ । सांघाईको ड्युन रेल सबैभन्दा तीव्र गतिमा सञ्चालित व्यावसायिक रेल हो । यो देशकै पहिलो हाइ स्पीड ड्युन रेल हो । जुन सन् २००३ देखि प्रयोग गर्न थालिएको थियो । यसको गति ४३१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
गत वर्ष यसै समयमा चीनले १७४ किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने नयाँ रेल सार्वजनिक गरेको थियो । जसले सो रेलवे लाइनलाई २०२२ को ‘विन्टर ओलम्पिक्स’ सहर जाङजिआकोउसँग जोड्छ र दुई–तीन घण्टा लाग्ने दूरीलाई ४७ मिनेटमै पार गराउन सक्छ ।
यसै महिनाको सुरुवातमा चीनले ‘बरफिलो तापमान’मा समेत चलाउन सकिने डिजाइनको नयाँ बुलेट ट्रेन पनि सुरु गरेको छ । ‘सीआर४००एफ–जी’ नामक सो रेल माइनस ४० डिग्रीसम्मको तापक्रममा पनि ३५० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्ने बताइएको छ ।
FACEBOOK COMMENTS