काठमाडौं, माघ १३- उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको हो।
थप अध्ययनहरू भने सो खोप लगाएका मानिसहरूमै जाँचमार्फत् गर्नुपर्ने बताइएको छ।
दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ।
सुरुमा यूके र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकाको चाहीँ पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरूमा देखिएको छ।
कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयन् देशमा फैलिसकेका छन्।
भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरूप परिवर्तनले मानव कोशिकालाई महामारीको सुरुवाती समयमा भन्दै बढ्ता सहजै सङ्क्रमित पार्नसक्ने देखिएको छ।
सेप्टेम्बर महिनामा यूकेबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिसतसम्म थप सङ्क्रामक पाइएको विज्ञहरू बताउँछन्।
यतिखेर तयार रहेका खोपहरू भाइरसको सुरुवाती प्रकारका बेला तयार पारिएका हुन्।
तर वैज्ञानिहरूले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छ/गर्दैन भन्ने थाहा हुन बाँकी छ।
केही सुरुवाती नतिजाका आधारमा फाइजरको खोपले नयाँ यूके-भेरियन्टबाट जोगाउने देखाएको छ।
मोडेर्नाको अध्ययनका लागि अनुसन्धानकर्ताहरूले उसको खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूनालाई जाँचेका थिए।
उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो।
FACEBOOK COMMENTS