काठमाडौं, माघ १९- केही महिना अघिसम्म कोरोना भाइरसको ‘हटस्पट’ बनेको काठमाडौं उपत्यकामा पछिल्लो समय नयाँ संक्रमित भेटिने क्रम घट्दै गएको छ।
दैनिक १०० जनाभन्दा कम संक्रमित पहिचान भइरहेको छ। हिजो उपत्यकामा ६८ जना नयाँ संक्रमित भेटिए। जसमा महिला २८ र पुरुष ४० रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित घट्दै गएपनि हाल काठमाडौं उपत्यका मात्रै रेड जोनमै रहेको छ।
अघिल्लो २४ घण्टामा मुलुकभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ जना पुगेको छ। सक्रिय संक्रमित २५ सय ९४ जना छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले २ हजार २९ जनाको मृत्यु भइसकेको छ।
पछिल्लो पटक २ सय ८८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६६ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका हुन्।
यतिखेर १ सय २ जना संक्रमित क्वारेन्टाइनमा बसिरहेका छन्।
नेपालमा हालसम्म २० लाख ७१ हजार ७ जनाको पीसीआर परीक्षण गरिएको छ।
FACEBOOK COMMENTS