काठमाण्डौँ — नेपाल आर्थिक पत्रकार संघ (नाफिज) मा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
शुक्रबार राजधानीमा आयोजित संघको चौथो महासभाले सीताराम भट्टराईको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
त्यस्तै, उपाध्यक्षहरुमा इन्द्र बाँनिया, राजेश बर्मा र छविलाल बगाले निर्वाचित भएका छन् ।
यसैगरी संस्थाको महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की र सहसचिवमा विजय दमासे निर्वाचित भएका छन् ।
कार्यसमितिको कोषाध्यक्षमा रोयल आचार्य निर्वाचित भएका छन् ।
महासभाले १९ सदस्य केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
FACEBOOK COMMENTS