काठमाडौं, फागुन ४ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले अध्यक्ष मनोरञ्जन रमण शर्माद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गर्यो । अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारे ।
सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, सुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन्।
त्यस्तै सभाले सर्वसाधारणको लागि छुट्टाएको ६० करोड रकम सेयर निश्काशन गर्ने निर्णय पनि गरेको छ ।
FACEBOOK COMMENTS