काठमाडौं– भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलको राजीनामा किन गरे भन्ने पश्न उठेको छ ।
पटेलले ब्यक्तिगत कारणले राजिनामा गरेको बताए पनि केन्द्रीय सरकारसँगको विवादका कारण पद छाड्न बाध्य हुनु परेको सञ्चारमाध्यमहरुले जनाएका छन्।
वित्तीय क्षेत्रसँग सम्बन्धित विविध विषयहरुमा केन्द्र सरकारको चर्को हस्तक्षेपपछि पटेल राजीनामा दिएको बताइएको छ ।
साना तथा मझौला व्यवसाय ऋण, तरलता व्यवस्थापन लगायतका विषयमा केन्द्र सरकार र रिजर्भ बैंकबीच पटक पटक सतहमा देखिनेगरी विवाद भएको थियो ।
२०१९ अक्टोबरसम्म कार्यकाल रहेका गभर्नर डा. पटेलले कार्यकाल सकिनुभन्दा ९ महिना अघि नै राजीनामा गरेका हुन् ।
पटेलले विज्ञप्ती जारी गर्दै ‘मेरो व्यक्तिगत कारणले म तत्कालै लागु हुनेगरी अहिलेको पद छोड्दैछु, केही बर्षदेखि रिजर्भ बैंकमा रहेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरेकोमा मैले आफूलाई गर्वान्वित महशुस गरेको छु । बीआरआर्इका कर्मचारी र व्यवस्थापनको मेहनत र सहयोगले बैंकले विगतका वर्षहरुमा सोचेकोज्तै सफलता हासिल गर्न सक्यो, म मेरा सहकर्मी र आरबीआर्इका बोर्ड सदस्यहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँहरुको भावी दिनहरुको सफलताको कामना गर्छु ‘, राजीनामापछि पटेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उर्जित पटेल एक क्षमतावान् र वृहत अर्थशास्त्रीय विषयहरुमा गहिरो दख्खल राख्ने अर्थशास्त्री हुन्, उनले अराजक वित्तीय अवस्थालाई अनुशासनतिर डोहोर्याए, उनको नेतृत्वको आरबीआईले देशमा स्थिरता ल्याउन सहयोग गर्यो भन्दै मोदीले ट्वीट गरेका छन् ।
FACEBOOK COMMENTS