काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालयमा लाग्ने विभिन्न रकम अनलाइनमार्फत तिर्ने प्राणली सुरु भएको छ।
शुल्क तथा दण्ड जरिवानाबापतको रकम अनलाइन मार्फत पेमेन्ट गर्न सकिने भएको छ ।
इ–पेमेन्ट प्रणालीको सुरुवात गर्दै मन्त्री यादवले विश्वको जुनसुकै कुनाबाट पनि कम्पनीको कामका लागि लाग्ने शुल्क तिर्ने प्रणालीको सुरुवात भएको बताए। ु
केहि समय अघि एक कम्पनीको शेयर किनबेचमा कर्मचारीको मिलिमतो भएको भन्दै अख्तियारले समातेको स्मरण गर्दै यादवले भने, ‘कम्पनीको शेयर बाँडफाँड गर्दा सनाखत गराउनु है भनेर म मन्त्रालयमा आउने वित्तिकै भनेको थिएँ, साथीहरुले मानेनन् र अहिले मुद्दा लडिरहेका छन्।ु
अनलाइन पेमेन्ट गर्दा एक लाख रुपैयाँ बढी एक पटकमा पेमेन्ट गर्न नपाइने राष्ट्र बैंकको नियम भएकाले एक लाख रुपैयाँ बढी शुल्क तथा जरिवाना तिर्नुपर्ने भएमा भने स्वयं उपस्थित भएर तिर्नुपर्ने छ।
अहिले भने एक लाख रुपैयाँसम्मको काम अनलाइनबाट गर्न सकिन्छ। त्यसका लागि नेपाल क्लियरिङ हाउससँग आवद्ध बैंक तथा वित्तीय संस्थामार्फत तिर्न सकिन्छ।
अन्य अनलाइन पेमेन्ट सेवा प्रादायहरुबाट पनि निकट भविष्यमै तिर्न सकिने व्यवस्था गर्न लागेको कम्पनी रजिष्ट्रार कार्यालयले बताएको छ ।
अहिले सेवाग्राहीले बैंकमा लाइन लाग्ने समयको बचत भएको छ। केहि समयपछि कार्यालयमा नै आउन नपर्ने गरि काम गर्न लागेको उनले बताए।
FACEBOOK COMMENTS