काठमाडौं, फागुन १८ –सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई जिम्मा दिएको छ ।
सरकारले बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने तयारी गरेको छ ।
यसअघि पार्टी महासचिव विप्लवले वार्ताका लागि आफूहरु सकारात्मक रहेको भन्दै विज्ञप्ति नै जारी गरेका थिए । त्यसपछि सरकारले वार्ता समिति बनाएको छ ।
FACEBOOK COMMENTS