काठमाण्डौं – उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले १० प्रतिशत भन्दा धेरै ब्याज माग्ने बैंकहरु डुब्ने संभावना रहेको बताएका छन् ।
उनले फेसबुकमा स्टाटस पोष्ट गर्दै ‘जसले मुद्दती खातामा १० प्रतिशत भन्दा माथि राख्छ उसको पैसा अशुरक्षित’ रहेको बताएका छन् ।
श्रेष्ठले लोभले लाभ , लाभले बिलाप भनेजस्तै पैसाको असुरक्षित हुनसक्ने बताएका हुन् । उनले आफुले १० प्रतिशत ब्याज दिने राम्रो बैंकमा पैसा राख्ने बताएका छन् ।
आफ्नो पैसाको बारेमा बेलैमा सोच्न अग्रह गरेका छन् ।
पछिल्लो समय बैंकहरुले निक्षेपमा १३ प्रतिशत सम्म ब्याज दिने बताएपछि उद्योगी व्यपारीहरु बैंक संग रुष्ट भएका छन् ।
FACEBOOK COMMENTS