काठमाडाैं, फाल्गुन २३ – मेलम्ची खोलाको पानी काठमाडौंको सुन्दरीजल आइपुगेको छ । मेलम्चीमा बाँध बनाएर सुरुङ मार्गबाट पठाइएको पानी शनिबार सुन्दरीजल आइपुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बटन थिचेसँगै १० फागुनमा पठाइएको पानी सुन्दरीजलमा झरेको हो । बटन थिचेपछि प्रधानमन्त्री ओलीले केही दिनभित्रै मेलम्चीको पानी घरघरमा आउने बताए ।
शनिबार आएको पानी सुरुमा बाग्मतीमा हालिने आयोजनाले जनाएको छ । फोहोरसहित आउने भएकोले सुरुको पानी बग्गमतीमा फाल्न लागिएको हो ।
आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ । सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगेपछि यी दुई प्रशोधन केन्द्रमा खसालेर वितरण प्रणालीमा जोडिने छ । त्यसका लागि अझै केही समय पर्खिनु पर्नेछ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । काठमाडौं उपत्यकामा हाल दैनिक ४३ करोड लिटर पानीको माग छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट दैनिक आठ करोड लिटरमात्रै वितरण हुँदै आएको छ ।
FACEBOOK COMMENTS