काठमाडौं, फागुन २५ – सातौँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी एपिएफ क्लवले हात पारेको छ । नेपाल पुलिस क्लवलाई सोझो सेटमा हराउँदै एपिएफ क्लवले उपाधी जितेको हो ।
उसले २५–२२, २५–२१ र २५–१९ को सेटमा पराजित गरि उपाधी जितेको आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । एपिएफले ट्रफीसँगै पाँच लाख रुपैँया हात पारेको छ ।
उपविजेता बनेको नेपाल पुलिस क्लबले दुई लाख र तेस्रो स्थानमा चित्त बुझाएको न्यू डायमण्ड क्लबले एक लाख नगद जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी चौथोमा समेटिएको आयोजकले जनाएको छ ।
मंगलवार सम्पन्न खेलमा एपिएफकी सरस्वती चौधरी बेष्ट प्लेर र प्लेर अफ दी म्याच घोषित भइन् । उनले २५ हजार र पाँच हजार गरि ३० हजार रुपैँयाप्राप्तगरिन् । प्रतियोगितामा नेपाल पुलिस क्लवकी उषा भण्डारी बेष्ट स्पाइकर भइन् भने एपिएफकी हिरा केसी बेष्ट ब्लकर, नेपाल पुलिस क्लबकी कमला पुन बेष्ट सेटर, डायमण्डकी शलिना श्रेष्ठ बेष्ट लिब्रो, डायमण्डकै प्रतिभा माली बेष्ट सर्वर र एफिएफका महेश चौधरीले बेष्ट कोचको उपाधी जिते ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य सुमित्रा चौधरी लगायतले शिल्ड, ट्रफी र प्रमाण पत्र वितरण गरे ।
FACEBOOK COMMENTS