काठमाडौँ, २९ फाल्गुन – अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरु एसियामा कोरोना भाइरसविरुद्धको एक अर्ब डोज (मात्रा) खोप उपलब्ध गराउन सहमत भएका छन् ।
सन् २०२२ को अन्त्यसम्ममा एसियाली देशहरुलाई एक अर्ब खोप उपलब्ध गराउने सहमति भएको हो ।
सन् २००७ मा सुरु भएको क्वाड भनिने ग्रुप अन्तर्गत नेताहरुको पहिलो बैठकमा यस्तो छलफल भएको हो ।
एसियामा वितरण गरिने खोप एक मात्रा मात्रै लगाए हुने जोन्सन एण्ड जोन्सनको खोप रहने सम्भावना छ । सो खोपको उत्पादन भारत हुनेछ ।
भर्चुअल बैठकमा अमेरिका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिदे सुगा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी थिए ।
पहिलो प्राथमिकतामा दक्षिण पूर्वी एसियालाई राखिने अमेरिकाले बताएको छ।
FACEBOOK COMMENTS