काठमाडौं, चैत १ – चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघ १७ औं अधिवेशनको लागि नेपाली कांग्रेस निकट व्यवसायीहरु प्यानलबाट उम्मेद्वारी घोषणा गरेका छन् ।
सदरमुकाम कुस्मा बजारसहित जिल्लाका अन्य ठाउँका उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘संस्थामा सुशासन : व्यवसायमा आधुनिकीकरण’ भन्ने नाराका साथ सबैको साझा प्यानलको रुपमा शिव शर्मा पौडेलको नेतृत्वमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको हो ।
जसमा महिला सदस्य पदका उम्मेद्वारमा अनिता मल्ल केसी र पशुपति कार्की शर्मा (पूजा) तथा सदस्य पदका उम्मेद्वारमा मानसिंह भण्डारी, दिपेन्द्र गिरी, नवराज भण्डारी, सुवर्ण अर्याल, कृष्णप्रसाद शर्मा, शम्भु जोशी, योगराज गिरी (बद्री), रामु शर्मा, शिव श्रेष्ठ, लक्ष्मण शर्मा, लोकनाथ अधिकारी, राजकुमार बस्नेत, विनोद आचार्य, शिवराज शर्मा, श्रीप्रसाद पौडेल, दिनेश श्रेष्ठ, राजु शर्मा, गणेश पौडेल टु आर जी, विज्ञान बम मल्ल र मोहन आचार्य रहेका छन् । उम्मेद्वारहरुलाई नेपाली काँग्रेस उद्योग वाणिज्य विभागका केन्द्रिय सदस्य विप्लव हमालले सार्वजनिक गरेका थिए ।
विधि, पद्धति, पारदर्शिता जस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई आत्मसात गर्दै पर्वत उद्योग
वाणिज्य संघको नेतृत्वमा उद्यमी व्यवसायीको हकहितका लागि हाम्रो आफूहरुको उम्मेदवारी रहेको त्यसमा विभिन्न फरक फरक क्षेत्रबाट प्रतिनिधित्व रहेको पनि व्यवसायीहरुले बताएका छन् । “पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन । समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ” अध्यक्ष पदका उम्मेद्वार शिवशर्मा पौडेलले भने, “उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो ।
अध्यक्षमा पौडेलको नेतृत्व उद्यमी व्यवसायीका लागि आफैंमा भरोसायोग्य नेतृत्व हुनेछ भन्ने हाम्रो विश्वास सहित पदाधिकारी र सदस्यहरुको समूह तयार पारिएको यो समूहले नै उद्योग वाणिज्यको क्षेत्रमा पर्वत जिल्लामा रहेका समस्याको अन्त्य र नयाँ विकासमा तत्पर रहने उम्मेद्वारहरुले बताएका छन् ।
कार्यक्रममा व्यवसायीको साझा समूहले जीतेमा आगामी तीन वर्षको कार्यकालमा गरिने विभिन्न प्रतिवद्धताहरु पनि सार्वजनिक गरिएको छ । जसमा आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने, उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने, पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने, पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने, प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने, बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने, खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने, आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने भनिएको छ ।
यस्तै, कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने, लप्सी, सुन्तला, कफी, अदुवालगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने लगायतका विषयलाई चुनागवी एजेण्डा बनाएका छन् ।
FACEBOOK COMMENTS