काठमाडौं, चैत ४ – नेकपा एमालेको संसदीय दलले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र प्रदेश प्रमुखको कार्यालयमा पेश भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले समर्थन फिर्ताको पत्र पेश भएको जनाएको हो । बुधबार नेकपा एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने पत्र पेश भएको हो । बिहीबारदेखि लागू हुने गरी समर्थन फिर्ता लिने पत्र दर्ता भएको जनाइएको छ ।
FACEBOOK COMMENTS