काठमाडौं, चैत ५ – महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुलाई सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ ।
बिहिबार पोखराको कुटी रिसोर्ट होटलमा आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पुर्ण कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कर्मचारीहरुलाई नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले गैर कानूनी रुपमा आर्जित रकम कसरी बैंक र बीमाको माध्यमले शुद्धिकरण गरिन्छ, अपराधिक र आतंकवादी क्रियाकलापबाट आर्जित रकमको पहिचान कसरी गर्ने र शंकास्पद कारोबारको रिपोर्टिङ तरिका बारेमा तालिम दिएका थिए । तालिममा २२ जना प्रमुखहरुको सहभागिता रहेको थियो।
भोली संचालन हुने दोस्रो चरणको तालिममा बीमा प्रोडक्ट र यसकाे बिक्रिका क्षेत्रहरु, प्रभावकारी अण्डरराईटिङका तरिकाहरु बारेमा तालिम संचालन हुने कम्पनीले जनाएकाे छ ।
कम्पनीले २०७८ आषाढ मसान्त भित्र सातै प्रदेशका कार्यालय प्रमुख र कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धि पूनर्ताजगी तालिम दिने कार्यक्रम बनाएको छ ।
FACEBOOK COMMENTS