काठमाण्डौँ —स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र सुपर मार्केट भाटभटेनी सुपर मार्केट डिपार्टमेन्ट स्टोरबीच व्यापारिक सहकार्य हुने भएको छ ।
यो सहकार्यलाई सम्बोधन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले भाटभटेनी सुपर मार्केटसँग मिलेर लाभ नामक एक सह–ब्राण्डको भिसा प्लेटिनम क्रेडिट कार्ड जारी गर्ने जनाएको छ ।
जसबाट उक्त सह–ब्राण्डको क्रेडिट कार्डबाहकहरुले सबै भाटभटेनी सुपर मार्केटहरुमा सामान खरीद गर्दा आकर्षक नगद फिर्ता तथा छुट अफर प्राप्त गर्नेछन् ।
स्ट्याण्डर्ड चार्टर्ड लाभ क्रेडिट कार्ड धनीले भाटभटेनीमा पहिलोपटकको कारोबारमा २५ प्रतिशत नगद फिर्ता पाउनेछन् ।
यसका अतिरिक्त, सह–ब्राण्डको कार्डबाहकहरुले भाटभटेनी सुपर मार्केटहरुमा किनमेल गर्दा पहिलो ३ महिनाको लागि तत्काल १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यो सह–ब्राण्डको कार्ड योग्य ग्राहकहरुलाई स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडद्वारा निःशुल्क उपलब्ध गराउनेछ ।
FACEBOOK COMMENTS