काठमाडौँ — मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई ७.८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया नगद लाभांश दिन लागेको हो ।
यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ ।
बैंक सञ्चालक समिति बैठकले निर्णय गरेको उक्त लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको जनाएको छ।
लाभांश वितरणलगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ।
FACEBOOK COMMENTS