काठमाडौं, वैशाख ९ – जिल्ला प्रशासन कार्यालय गोर्खाले मनकामना केबुलकार बन्द गर्न आदेश दिएको छ । तर, जिल्ला प्रशासनको उक्त आदेशको भने स्थानीय व्यवसायी र यात्रुहरुले समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनहरूलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा केबुलकारलाई बन्द गर्नु असान्भर्दिक रहेको उनीहरुको भनाइ छ ।
हाल नेपाल सरकारको निर्णयानुसार मन्दिरहरूमा नित्य पूजा, ध्यान तथा प्रार्थना मात्र गर्ने÷गराउने आदेश भएको अवस्थामा सार्वजनिक यातायातमा झैं केबुलकारमा समेत सोही नियम लागू गरी चलाउन पाउनुपर्ने उनीहरुको बुझाइ छ ।
मन्दिर बन्द गर्दैमा केबुलकार बन्द गर्नु भन्ने जिल्ला प्रसाशन कार्यालय गोर्खाको मौखिक आदेश नेपाल सरकारको आदेशसँग बाझिएको मनकामना केबुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठ बताउँछन् । ‘मन्दिर बन्द हुँदैमा मनकामना क्षेत्रमा नै प्रवेश निषेध गर्नु न्यायोचित नहुनाका साथै मानवअधिकारमा र व्यवसायिक अधिकारमा ठाडो हस्तक्षेप हो,’ श्रेष्ठले भने ।
उनले तोकिएको स्वास्थ मापदण्ड पालना गर्ने र सचेत रहने कुरामा जोड दिँदै केबुलकार सञ्चालन गर्न पाउनुपर्ने तर्क गरेका छन् ।
FACEBOOK COMMENTS