काठमाडौं, वैशाख २१ । विश्वको स्वास्थ्य क्षेत्रको सर्वोच्च निकाय विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले खोप उत्पादन बढाउनुपर्ने बताएको छ । डब्लूएचओले पेटेन्टको नियम हटाएर पनि विश्वमा खोप उत्पादन बढाउनुपर्ने बताएको हो ।
डब्लूएचओले विश्वमा खोप उत्पादन बढाउन पेटेन्ट सम्बन्धिको नियम हटाउनुपर्ने उल्लेख गरेको छ । पेटेन्ट भनेको कुनै कम्पनी वा व्यक्तीले पत्ता लगाएको नयाँ खोज उसैको सम्पत्तिका रुपमा रहनु हो । जसलाई उसको अनुमतिविना अरुले बनाउन वा उत्पादन गर्न पाउँदैनन् ।
यसअघि भारतले र दक्षिण अफ्रिकाले खोपको उत्पादन बढाउनुपर्ने माग राखेका थिए । तर, त्यसको विरोध गर्दै अमेरिकी अर्बपति बिल गेट्ले भारतजस्ता मुलुकलाई अमेरिकी प्रविधि दिननहुने उल्लेख गरेका थिए ।
उनले भनेका थिए, ‘अमेरिकाको जस्तो विज्ञता संसारका अरु मुलुकले हासिल गर्न सक्दैनन् । त्यसैले अमेरिकी कम्पनी फाइजर र मोर्डनाले बनाएको खोप बनाउने फर्मुला भारतलाई दिनहुँदेन ।’
भारतले भने आफ्नो देशमा खोपको उत्पादन र आपूर्ति बढाउन भन्दै अमेरिकाले फाइजर र मोर्डना दुवैको वा दुई मध्ये एक कम्पनीको खोप बनाउने प्रविधि आफुलाई दिन भनेको थियो ।
हाल भारतले बेलायत र स्वीडेनको मल्टिनेश्नल कम्पनी एस्ट्रेजेनेकाले बनाएको कारोनाविरुद्धको कोभिसिल्ड खोप उत्पादन गर्दै आएको छ । तर, यो खोपभन्दा अमेरिकी फाइजर र मोर्डनाको खोप बढी प्रभावकारी देखिएको डब्लूएचओले बताएको छ ।
FACEBOOK COMMENTS