काठमाडौं, वैशाख २१ – नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो ।
निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने विभिन्न सुविधाहरू प्रदान गरेको छ । कम्पनीले वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक, ५०० एमबी पर डे डाटा प्याकलगायत सुविधा ल्याएको छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने कम्पनीले जनाएको छ ।
वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक ः २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रूपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय रहेको टेलिकमले जनाएको छ । ७ दिनका लागि १.५ जीबी प्याक ः ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ ।
नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रूपमा यो प्याक जम्मा ९५ रूपैयँमा उपलब्ध गराइरहेको छ । २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक ः २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । यो डाटा प्याक ३० रूपैयाँमा उपलब्ध छ । ५०० एमबी पर डे डाटा प्याक ः २९९ रूपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ ।
FACEBOOK COMMENTS